टिकापुर क्याम्पसमा नेबिसंघको प्यानल विजयी

टिकापुर क्याम्पसमा नेबिसंघको प्यानल विजयी

केन्द्रबिन्दु
0
Shares

कैलाली टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ। मंगलवार सम्पन्न निर्वाचनबाट अध्यक्षमा नेपाली काँग्नेस निकट नेविसंघका नृप थापा नेतृत्वको सम्पूर्ण प्यानल विजयी भएको हो।

तीनजना प्रतिस्पर्धीलाई पछिपार्दै सभापतिमा थापा ४७५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापा ३४२ मत पाएका हुन्। सो क्याम्पसका १ हजार ६१२ विद्यार्थी मतदाता मध्ये १ हजार ३ सय ४३ जनाले मात्रै मत खसालेका थिए।

Skip This
Skip This
Logo