गगन थापाको टिप्पणीः ‘सरकार दौडिनुपर्ने अवस्थामा तुना बाँध्नमै अल्मलियो’

गगन थापाको टिप्पणीः ‘सरकार दौडिनुपर्ने अवस्थामा तुना बाँध्नमै अल्मलियो’

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशको आर्थिक संकट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) सँग पनि सम्वाद गर्नुपर्ने बताएका छन् । 

बुधवार नेपाल वित्तिय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले स्थानीय सरकारमा एमाले पनि रहेको र सम्वाद र सहकार्य आवश्यक रहेको बताएका हुन् । 

‘प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु उहाँले काँग्रेस, समाजवादी, माओवादी गठबन्धनमा रहेका दलमात्र होइन, प्रमुख प्रतिपक्ष दलसँग कम्तिमा अपm्ठ्यारोको बेलामा यसरी जाऔँ । यसरी गरौँ । किनकी स्थानीय सरकार त नेकपा(एमाले)को पनि छ नि त । कतिपय ठाउँमा प्रदेशमा हामीसँगै मिलेर काम गर्नुपर्ने छ । त्यसैले प्रमुख प्रतिपक्ष दलसँग त बसेर संवाद गर्नुपर्ने भएको बेलामा यो बेलामा जसले पार्टीहरुका बीचमा, सरकारका विभिन्न तहका बीचमा समन्वय, सहकार्य गर्ने बेलामा यतिखेर सरकार र राष्ट्र बैंकको सम्बन्ध पनि, एकअर्काको परिपूरकको जस्तो सम्बन्ध हुनुपर्छ ।’ उनले भने । 

त्यस्तै सरकार र नेपाल राष्ट्र बैंककाबीचमा पनि विश्वसनीय सम्बन्ध हुनुपर्ने उनले बताए । उनले राष्ट्र बैंक र सरकारको दृष्टिकोणमा पनि समानता ल्याउनुपर्ने बताए । 

महामन्त्री थापाले सरकार दौडिनुपर्ने अवस्था भएपनि तुना बाँध्नमै अल्मल्लिएको टिप्पणी गरे । उनले सरकार अल्मल्लिएको भन्दै दौडिन शुरु गर्नुपर्नेमा जोड दिए । आगामी ५/६ महिनामा सरकारले नागरिकहरुलाई सरकारले काम गर्न शुरु ग-यो र लक्ष्यमा पुग्छ भन्ने भरोसा दिलाउन सक्नुपर्ने उनले बताए ।  

‘हामीले त प्रधानमन्त्रीलाई के भनेका छौँ भने तपाई त अब हिडेर कहीँ पुग्छु भन्ने सोच्दै नसोच्नुस् । हिँडेर पुग्ने सुविधै छैन हामीसँग । हाम्रो सरकारसँग अब हिँडेर होइन दौडेर मात्र पुग्नसक्ने अवस्था छ । तर सरकार दौदिन शुरु नै गरेन । अझैपनि तुना बाँधेको जस्तो छ । कहिले तुना बाँधेर बस्छ । कहिले कुर्सी खोज्छ । अल्मल्लिएको जस्तो भयो । यसले दौडिन शुरु गर्नुप-यो ।’ 

महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई ३ महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गरेर देखाउन आग्रह पनि गरे । 

Logo