ओलीप्रति संकेत गर्दै माधव नेपालले भने- ‘मति सप्रियो भने एमालेसँग पनि एकता हुन्छ’

ओलीप्रति संकेत गर्दै माधव नेपालले भने- ‘मति सप्रियो भने एमालेसँग पनि एकता हुन्छ’

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको बताएका छन् । 

बुधबार पार्टीको केन्द्रिय प्रचार विभागले काठमाडौंमा आयोजना गरिएको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको बताएका हुन् । 

उनले एमालेसँग पनि एकता गरेर जान सकिने बताए । केपी ओलीप्रति संकेत गर्दै उनले मति सप्रियो भने एमालेसँग पनि एकता गरेर जान सकिने स्पष्ट पारे । 

‘यदि कसैमा सद्बुद्धि आउँछ भने, मति सप्रिन्छ भने, मिलेर जानुपर्छ भन्ने मान्यता बोक्छन भने खुसीकै कुरा हो । तर विचारमा मेल हुनु प-यो । दृष्टिकोणमा मेल हुनु प-यो । नीतिमा मेल हुनु प-यो । भावनामा मेल हुनु प-यो । अनि, बचन र कर्ममा एकता हुनु प-यो । अव यी सबै कुराहरु मिल्ने ढंगले कुरा भयो भने मिलेर जान नसकिने कुरै छैन ।’ उनले । 

देशभरका सबै बामपन्थी शक्तिहरुलाई एकतावद्ध गरेर अघि बढन आफ्नो पार्टीले चाहेको पनि अध्यक्ष नेपालले पटकपटक दोहो-याए ।

Skip This
Skip This
Logo