एमाले अध्यक्ष केपी शर्मा ओलीले उपचुनावलाई व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न आग्रह गरेका छन् । उनले बिहीबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै यस्ताे आग्रह गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्दै यस्ताे भने, 'वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो । उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु,मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन । अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेन्डा केन्द्रित बनाउनै पर्छ ।'
'युवामय उपचुनाव !' भन्दै अध्यक्ष ओलीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्ने उल्लेख गरे ।































प्रतिक्रिया