प्रतिनिधि सभामा सांसदलाई आकस्मिक समयमा तीन मिनेट उपलब्ध गराइने

प्रतिनिधि सभामा सांसदलाई आकस्मिक समयमा तीन मिनेट उपलब्ध गराइने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था गरिएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरुलाई उपलब्ध गराइएको जानकारी दिए । अघिल्लो बैठकबाट चालु बैठकको बीचको समयमा भएका जरुरी घटनाका विषयमा आकस्मिक समय लिएर तीन मिनेटमा सांसदहरुले आफ्नो धारणा राख्न पाउने उनले बताए । 

‘आकस्मिक समयमा तीन मिनेट समय उपलब्ध गराउने गरी नियमावली बनाइएको छ । यो समयमा अघिल्लो बैठकबाट यो बैठकसम्मका जरुरी घटनाका विषयमा धारणा राख्न पाइनेछ,’ सभामुख घिमिरेले भने । 

Skip This
Skip This
Logo