सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष हस्तान्तरण गरिएको छ ।
न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण गर्ने कार्यक्रममा साझा कार्यक्रम मस्यौदा कार्यदलका सदस्य तथा पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले हस्तान्तरण गरेका हुन् । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साे कार्यक्रमकाे सार्वजनीकिकरण सुरु भएको छ ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको सहभागिता छ ।





























प्रतिक्रिया