नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेश सरकारबारे केन्द्रीय गठबन्धनले छिट्टै निर्णय लिने बताएका छन् ।
उनले भने, ‘केन्द्रको गठबन्धन अनुसार नै कर्णाली सरकारलाई नयाँ दिशा दिनुपर्ने आवश्यकता छ,मैले आज बिहान मात्रै जीवनबहादुर शाही जीसँग पनि मिटिङ गरेँ । प्रारम्भिक छलफलमा छिट्टै नयाँ स्वरूप दिने गरी सहमति भएको छ ।’
शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता शर्माले प्रदेशमा देखिएका उल्झन केन्द्रीय गठबन्धनले सुल्झाउने र कर्णाली प्रदेश सरकारमा काँग्रेससँग नै सहकार्य हुने बताए ।































प्रतिक्रिया