सहिद प्रतिष्ठान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं चयन भएकी छिन् ।
प्रतिष्ठानको १३ औँ साधारण सभाबाट चापागाईंको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा हेमराज शर्मा, महासचिव युवराज चापागाईं, कोषाध्यक्ष चित्रबहादुर घर्ती र सदस्य गोपालकृष्ण न्यौपाने चयन भएका छन् । समितिमा गण्डकी र सुदूरपश्चिम प्रदेशबाट सदस्य चयन गर्न बाँकी रहेको छ । प्रतिष्ठान माताहत देशका विभिन्न स्थानमा सहिद स्मृति आवासीय विद्यालयहरू सञ्चालन हुँदै आएका छन् ।





























प्रतिक्रिया