नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले उपनिर्वाचनपछि प्रदेशका सरकारहरू फेरिने बताएका छन्। आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खाणले उपनिर्वाचनपछि प्रदेश सरकार फेरिने बताएका हुन् ।
उनले भने, ‘सातै वटा प्रदेशमा सत्ता गठबन्धनका दलहरूबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको छ। ’ गठबन्धनमा रहेका दलहरूलाई प्रदेश सरकारमा सहभागी गराइने पनि उनको भनाइ थियो।
कुन प्रदेशमा कुन दलबाट मुख्यमन्त्री हुने भन्ने विषयमा उपनिर्वाचनपछि निर्णयमा पुगिने उनले बताए। नेता खाणले नागरिकता विधेयक छिटो संसदबाट पारित गरिनुपर्ने समेत जिकिर गरे ।





























प्रतिक्रिया