मधेस प्रदेश सभाको बैठक आज दिउँसो बस्दै

मधेस प्रदेश सभाको बैठक आज दिउँसो बस्दै

केन्द्रबिन्दु
0
Shares

मधेस प्रदेश सभाको बैठक आज दिउँसो बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो ।

प्रदेश सभाको बैठक आज करिब दुई महिना पश्चात बस्न लागेको हो । यसअघि गत फागुन ४ गते प्रदेश सभाको बैठक बसेको थियो । आजको बैठकमा प्रदेश खेलकुद विकास ऐन, २०७९ पेस हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

Logo