बालेनलाई गृहमन्त्रीकाे प्रश्न: सिंहदरबारको फोहोर उठाउँदिन भन्दा समाजले के भन्छ ?

बालेनलाई गृहमन्त्रीकाे प्रश्न: सिंहदरबारको फोहोर उठाउँदिन भन्दा समाजले के भन्छ ?

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर उठाउँदिन भनेर भन्न मिल्छ कि मिल्दैन ? भन्दै प्रश्न गरेका छन् ।

सोमबार चितवनका सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले सार्वजनिक रूपमै मेयर शाहले सिंहदरबारको फोहोर उठाउँदिन भनेर भन्दा समाजले के भन्छ ? भनेर भनेका छन् ।

‘काठमाडौँ महानगरपालिकाको मेयरले सिंहदरबारको फोहोर उठाउँदिन भन्न मिल्छ कि मिल्दैन ? अझ सार्वजनिक रूपमा, सामाजिक सञ्जालमार्फत मिल्छ कि मिल्दैन ?’, प्रश्न गर्दै उनले भने, ‘यसले महानगरपालिका र स्वयं मेयरलाई समाजका अगाडि कसरी प्रस्तुत गर्छ भन्ने कुरा उहाँले नै सोच्नुपर्‍यो ।’ उनले नेपालको राजनीतिलाई सकारात्मक दिशामा लैजान आफैले आफैतिर हेर्नुपर्ने भन्दै अरूको हकमा बोल्ने तर आफूलाई नहेर्ने प्रवृत्ति सच्याउन जरुरी रहेको बताए । 
 

Skip This
Skip This
Logo