विषयगत समितिका लागि मंगलवार साँझसम्म सदस्यको नाम पठाउने सहमति

विषयगत समितिका लागि मंगलवार साँझसम्म सदस्यको नाम पठाउने सहमति

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समितिलाई चाँडै टुंगो लगाउने निर्णय गरेको छ ।

सोमवार संसद भवनमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसहितको बैठकले अबको एक, दुई दिन भित्र नै विषयगत समितिहरुको टुंगो लगाउने सहमति भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले कार्य व्यवस्था परामर्श समितिको आजको बैठकले प्रतिनिधि सभाको बैठकको कार्यसूचिको विषयमा छलफल गरेको बताए ।

उनले नयाँ संसदपछि हालसम्म २० वटा बैठक बसिसकेपनि विषयगत समिति बन्न नसकेकाले विषयगत समिति बनाउने विषयमा छलफल केन्द्रित भएको बताए ।

उनले सबै दलहरुलाई मंगलवार बेलुकासम्म विषयगत समितिका लागि सदस्यको नाम पठाउने विषयमा सहमति जुटेको पनि बताए । उनले नेकपा एमालेले पनि मंगलवार बेलुकासम्म समितिका लागि सदस्यहरुको नाम पठाउने स्पष्ट पारे । उनले संयुक्त संसदीय समितिका लागि पनि छलफल भएको बताए । 

सचेतक बर्तौलाले संसदीय सुनुवाई समिति नहुँदा विभिन्न संवैधानिक परिषद्सम्बन्धीका विषय र प्रधानन्यायाधीश नियुक्ति टुंगो लाग्न नसकेको बताए । 

Skip This
Skip This
Logo