माफी माग्दै रास्वपाका प्रमुख सचेतक परियारले भने- ढाका प्रकरणले विचलित हुँदैनाैँ

माफी माग्दै रास्वपाका प्रमुख सचेतक परियारले भने- ढाका प्रकरणले विचलित हुँदैनाैँ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक प्रकरणमा माफी मागेको छ । 

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले स्वाथ्यमन्त्री बन्नका लागि भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आईतवार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । सोमवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सो प्रकरणको सम्बन्धमा पार्टीको तर्फबाट माफी मागेका हुन् । 

उनले सो प्रकरणले प्रतिनिधि सभा सदस्यहरुको सम्मानमा चोट परेको भन्दै माफी मागे । छानबिनका लागि समिति बनेको र आवश्यक कारबाही गरिने भन्दै सो घटनाले पार्टीलाई विचलित नबनाउने उनले बताए । 

प्रमुख सचेतक परियारले भने, ‘यो सम्मानित संसदको गरिमा बढाउने राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा हामी अक्षुण रहनेछौँ । यो घटनाले हामीलाई कतैपनि विचलित गर्ने छैन भन्ने यहाँहरुलाई जानकारी गराउन चाहन्छु । भविष्यमा पनि यस्ता घटनाहरुबाट संसदीय दलभित्र रहेका राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट पर रहनुपर्छ । लोकतन्त्रलाई अझ सुदृढ र अझ समृद्ध बनाउनुपर्छ । म रास्वपाको तर्फबाट यो घटनाले संसदको गरिमामा पर्न गएको मानमर्दनलाई क्षमाप्रार्थि गर्दछु ।’

Logo