देशमा भ्रष्टाचार हुन दिनेछैनौँः सांसद जबरा

देशमा भ्रष्टाचार हुन दिनेछैनौँः सांसद जबरा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले आफ्नो पार्टीले देशमा भ्रष्टाचार हुन नदिने बताएका छन् । 

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद जबराले देशमा एनसेल, नक्कली भुटानी शरणार्थी र धितो बोर्ड लगायतका काण्डै काण्ड आएको भन्दै ति सबैलाई राप्रपाले नजिकबाट नियालिरहेको बताएका हुन् । उनले राप्रपाले देशमा भ्रष्टाचार हुन नदिने उल्लेख गर्दै सरकारलाई सचेत गराए । 

उनले मन्त्रीका छोराहरुले विभिन्न घट्नाहरु घटाइरहेका भन्दै उनीहरुलाई कानूनी कठघरामा लानुपर्ने बताए । 

सांसद जबराले जिल्लाहरुमा अझै मलखाद नपुगेको भन्दै तुरुन्त मलखादको व्यवस्था गर्न माग गरे । मल फ्याक्ट्री स्थापना गर्ने कुरा पटक–पटक उठेको भएपनि अझै हुन नसकेको भन्दै यस बारेमा सरकारले संसदलाई जानकारी दिनुपर्ने माग गरे । 

उनले एकदिन देशमा पुनः सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना हुने दाबी गरे । 

Logo