फोहोरमा राजनीति गर्नुहुन्र, सरकार समिति बनाएर अघि बढ्छ -मन्त्री गुरुङ

फोहोरमा राजनीति गर्नुहुन्र, सरकार समिति बनाएर अघि बढ्छ -मन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

शहरी विकासमन्त्री सीता गुरूङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताएकी छन् ।  

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्रालयको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन् । उनले फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको भएको भन्दै मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भुमिका निर्वाह गर्न कन्ज्युस्याँइ नगर्ने बताइन् । 

उनले महानगरको सिंहदरबारको फोहोर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागिएको बताइन् । उनले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताइन् । 

समस्या समाधानका लागि सरकार लागि परेको मन्त्री गुरुङले बताइन् । 

Skip This
Skip This
Logo