काँग्रेसले हामीलाई झुक्याइरह्यो, अब वार्ता हुँदैन – गोविन्दराज जोशी

काँग्रेसले हामीलाई झुक्याइरह्यो, अब वार्ता हुँदैन – गोविन्दराज जोशी

केन्द्रबिन्दु
0
Shares

तनहुँमा निर्णायक मानिएको गोविन्दराज जोशी समूहले काँग्रेसले आफूहरुलाई झुक्याइरहेको भन्दै आफ्ना कार्यकर्तालाई स्वतन्त्र भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको छ । गोविन्दराज जोशी समूहले अहिलेका लागि नेपाली काँग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरेको छ।

काँग्रेसले स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गरेको भन्दै जोशीले बुधबार विज्ञप्ति निकालेर यो चरणको वार्ता समाप्त भएको घोषणा गरेका हुन्।

जोशीले विज्ञप्तिमा उल्लेख गरेका छन्,‘नेपाली काँग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुश हामीले गरेका छौँ, आजदेखि काँग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणासमेत गर्दछौँ।’

उनले जारी गरेको विज्ञप्तिमा यसअघि काँग्रेसले गरेको निर्णयलाई पनि जालझेलपूर्ण र आफूहरुलाई अपमान गर्ने खालको दस्तावेज रहेको ठहर गरेको वक्तव्यमा उल्लेख गरेका छन् ।

Logo