राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले वास्तविक मिटरब्याजी सरकार रहेको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले पैसा थुपारेर ब्याज खाइरहेकाले वास्तविक मिटरब्याजी सरकार रहेको बताएका हुन्।
‘जुम्लालगायतका कर्णालीका निर्माण व्यवसायीहरु झुण्डिन तयार छन्। सरकारले मिटरब्याजीलाई कारबाही गर्छु भनिरहेको छ। वास्तविक मिटरब्याजी यो सरकार हो,’ उनले भने, ‘यसको डाटा छ, सरकारले अहिले फिक्स डिपोजिट मात्र २ खर्ब ११ अर्ब रुपैयाँ गरेको छ। निर्माण व्यवसायीलगायतलाई नदिएर सरकारले ३ खर्ब ६२ अर्ब ७७ करोड सरकारी खातामा बचत गरेको ब्याज खाइरहेको छ ।’
ब्याज तिर्न नसकेर एक सयजना व्यवसायी मृत्युवरण गर्नुपरेको भन्दै उनले सरकारले ८.५ प्रतिशत ब्याज खाइरहेको आरोप लगाए । ‘म भन्न चहान्छु, वास्तविक मिटरब्याजी सरकार हो,’ उनले भने।































प्रतिक्रिया