राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले सार्वजनिक भएको अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको जिकिर गरेका छन् ।
व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि बुधबार पत्रकार सम्मेलन गरेर सांसद श्रेष्ठले यस्तो बताएका हुन् । साथै उनले जनवरीमा भएको कुराकानी अहिले ल्याएर सार्वजनिक गर्नु रास्वपाविरुद्ध षड्यन्त्र भएको पनि बताए । उपनिर्वाचनमा आफ्नो पार्टीलाई हराउन सो अडियो सार्वजनिक गरिएको उनको भनाई थियो ।
सांसद श्रेष्ठले पार्टीका तर्फबाट गरिएको निलम्बनको भने स्वागत गरेका छन् । आफू न्यायलयमा गइसकेको र क्लिनचिट लिएर आउने उनले दाबी गरे । ‘मलाई फसाइएको हो । अदालतबाट क्लिन चिट भएपछि आउँछु । तीनै क्षेत्रका उमेदवारलाई भोट गर्नुहोला ।’ उनले भने ।































प्रतिक्रिया