शेखर समूह उपनिर्वाचनपछि मात्रै सरकारमा जाने

शेखर समूह उपनिर्वाचनपछि मात्रै सरकारमा जाने

केन्द्रबिन्दु
0
Shares

पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको वर्तमान सरकारमा काँग्रेसका शेखर कोइराला समूहले समेत तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । 

बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन्।  सोही क्रममा उनले उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुने बताए । 

काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर समूहमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ। गत ११ पुसमा प्रधानमन्त्री बनेको प्रचण्डले हालसम्म सरकारलाई पूर्णता दिन नसक्दा आलोचित हुँदै आएका छन्।

Logo