लतिलपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नेतृत्व रहेसम्म महानगरवासीको शीर झुक्न नदिने दृढता व्यक्त गरेका छन् ।
आईतबार ललितपुर महानगरपालिका -१५ को भवन उद्धघाटन समारोहमा मेयर महर्जनले कसैले नेपालमा राम्रो नगरपालिका कुन छ भनेर सोध्दा टप ५ मा ललितपुर नगरपालिका पर्नेगरी मुलुकले गर्व गर्न लायकको महानगर बनाउने बताएका हुन् । उनले भने, ‘म मेयर भएसम्म तपाईहरुको शीर झुक्न दिन्न । यति भनेपछि यसमा धरै कुरा लुकेको छ । यदि कसैले सबैभन्दा राम्रो नगरपालिका कुन छ भनेर सोध्दा टप ५ मा ललितपुर नगरपालिका पर्छ ।’
महानगरपालिकाको २९ वटा वडामा आ–आफ्नो भवन हुन्छ भनेर गरेको प्रतिवद्धता पूरा गरेको उनको भनाइ छ ।































प्रतिक्रिया