नेकपा एकीकृत समाजवादीबाट राष्ट्रियसभा सदस्य नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै चपाईलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । आजै शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डबाट उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
दुई मन्त्रीसहित सरकारमा रहेको एकीकृत समाजवादीले थप एक राज्यमन्त्री पाएको हो । यसअघि प्रकाश ज्वाला भौतिक पूर्वाधार र बेदुराम भुसाल कृषिमन्त्री बनिसकेका छन् ।
आजै नवनियुक्त परराष्ट्रमन्त्री एनपी (नारायणप्रसाद) साउदले पनि पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित साउद नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेका हुन् ।





























प्रतिक्रिया