१९ मंसिर २०७८ आइतबार

कांग्रेस बैठकमा आज पनि संस्थापन इतर पक्ष सहभागि नहुने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज पनि संस्थापन इतर पक्ष सहभागि नहुने भएको छ । अहिले अपरान्ह १ बजे बोलाइएको बैठक अघि सहमति खोज्न विभिन्न चरणमा भएका बैठकले सहमति कायम गर्न नसकेपछि आज पनि संस्थापन इतर पक्ष केन्द्रीय समिति बैठकमा सहभागि नहुने भएको हो ।

पछिल्लो पटक सहमति खोज्ने प्रयासमा संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र पौडल पक्षबाट पुर्वमहामन्त्री प्रकाशमान सिंहसहित केन्द्रीय सदस्यहरु हृदयराम थानी र दिलेन्द्रप्रसाद बडुवीच आज विहान चाक्सिबारीमा छलफल भएको थियो । बैठकमा दुवै पक्ष आ आफ्नै अडानमा कायम देखिएका छन् ।

संस्थापन पक्षले कार्यतालिकामा छलफल गर्न लचकता देखाएपनि मिति निर्धारण गर्ने कुरामा आनाकानी गरेको पौडेल निकट एक नेताले जानकारी दिए । आफ्नो तहमा सहमती कायम नभएपछि अहिले दुवै पक्षका नेताहरु आ आफ्ना शिर्ष नताहरुसँग परामर्ष गर्न गएका छन् । कंग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले दुवै पक्षवीच विभिन्न चरणमा जारी छलफल निश्कर्षउन्मुख रहेको जानकारी दिंदै चाँडै सहमति कायम हुने विश्वास ब्यक्त गरे ।

महाधिवेशनको विस्तृत कार्यतालिकालाई बैठकको प्रमुख एजेण्डा नबनाएसम्म बैठकमा सहभागी नहुने पौडेल पक्षको अडान र स्थानीय संरचना समायोजनको काम नसकिएसम्म कार्यतालिकामा छलफल गर्न नसकिने सभापति शेरबहादुर देउवापक्षको अडानका बीच कांग्रेस केन्द्रीय समितिको बैठक प्रभावित हुँदै आएको छ ।

यो समाचार तयार पार्दासम्म बैठक शुरु हुन सकेको छैन ।

प्रकाशित: ३० मंसिर २०७६ १३:३४ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी