उपचुनावमा जनताले आवेगमा नभई विवेकले मतदान गर्ने छन् : प्रकाशमान सिंह

उपचुनावमा जनताले आवेगमा नभई विवेकले मतदान गर्ने छन् : प्रकाशमान सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले उपचुनाव प्राप्त उपलब्धिको रक्षा गर्ने कि नगर्ने भन्ने सवालको लडाइँ भएको बताएका छन्।

बुधवार चितवनको चुनावी कार्यक्रममा सहभागी हुँदै सिंहले गठबन्धनका साझा उमेदवारको जित भनेको  लोकतन्त्रवादीको जित हुने बताए।

जनताले आवेगमा नभई विवेकले मतदान गर्नेमा आफू विश्वस्त रहेको भन्दै सधैँ सुखदु:खमा उभिने सबैको घर आँगनमा सजिलै भेटिने उमेदवारका पक्षमा मतदान गर्नु राजनीतिप्रतिका सम्मानसमेत उनको भनाई थियो।

नेता सिंहले गठबन्धनको साझा उम्मेदवार जितनायण श्रेष्ठ सबैकालागि सर्वस्वीकार्य उमेदवार रहेको बताउँदै चितवनको विकास र संमृद्धिका लागि यसपटक जितनारणलाई जिताउन अपिलसमेत गरे। नेता सिंहले राजनीति  सजिलो विषय नभएको समेत बताए। 

Logo