काठमाडौं ।
संचारकर्मी र कलाकार भनेर सबै सामू चिनिएकी राष्ट्रियसभा सांसद कोमल वलीले यस वर्ष कुनै पनि तीज गीत नल्याउने बताएकी छिन् । हाल, गायन करियरभन्दा पनि देशको नीति निर्माणको जिम्मेवारी सम्हालीरहेको अवस्थामा गीत निकाल्न नभ्याउने वलीको भनाइ छ ।
विगतका तीजहरूमा रचनात्मक अनि दर्शक, स्रोताका मन मस्तिष्कमा बस्न सफल गीतहरू पस्कदै आएकी गायिका वली यतिबेला आफू पूर्ण राजनीतिज्ञका रुपमा काम गर्दै आएको बताउँछिन् ।
हिजोको पृष्ठभूमी रेडियो नेपालकी कुशल समाचार बाचक र कुशल कलाकारका रुपमा रहेर काम गरे पनि त्यसकै पृष्ठभूमीबाट आज संसदका रुपमा काम गर्दै आएकाले प्राप्त समयलाई पूर्ण सदुपयोग गर्नु पर्ने सांसद वलीको भनाइ छ । सोही बामोजिम आज राजनीतिक भेटघाट, सभा सेमिनार बैठकमा सहभागिता भई जनताको आवाजलाई सम्बन्धित क्षेत्रमा पुर्याएर त्यसैका आधारमा कानुन निर्माणमा आफू जुटेकाले गायन तथा कलाकारिता यात्रामा समय नमिलेको सांसद वली बताउँछिन् ।
यद्यपी कलाकारिता क्षेत्रमा आफ्नो उपस्थिति भने अझै पनि कायम रहेको उनको भनाइ छ । ‘म केही भिडियोमा साना–साना भूमिकामा होस् या, केही गीतका लिप्सिङहरूमा सहभागि भइनै रहेकी छु, मेरो सक्रियता नरहे पनि मलाई एक कलाकारका रूपमा कतिपय साथीहरूले अझै पनि सम्झनु हुन्छ, यसबाट खुसी पनि लाग्छ।’
‘तर, यस वर्ष राजनीतिक व्यस्तताका कारण मैले गीत ल्याउन नसक्ने भएकी हुँ । आउँदा वर्ष पुनः निरन्तरता रहिनै रहन्छ,’ सांसद वली थप्छिन्, ‘आजको अवस्थामा दर्शक स्रोता र विशेष गरेर दिदी बहिनीहरूले बुझ्नु हुन्छ होला कि, कोमल वली जनताका लागि नियम कानुन बनाउन लागि परेकी छिन् भनेर ।’ यस पटक हामीले उनीसँग कुराकानी गरेका छौं । हेरौं कुराकानीको सम्पादित अंश :





























प्रतिक्रिया