‘सरकारले नवौँ पटकमा पुर्णता पाउला भन्ने अपेक्षा गरौँ’

‘सरकारले नवौँ पटकमा पुर्णता पाउला भन्ने अपेक्षा गरौँ’

केन्द्रबिन्दु
21
Shares

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी महाधिवेसनको तयारीमा लागेको बताएका छन । 

जनकपुर बिमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा एसका नेता खनालले त्यसकारण कुनै पार्टीसँग तत्काल एकता हुन नसक्नेसमेत जनाएका छन् ।

‘हामी महाधिवेसन गर्ने दिशामा अघि बढदैछौँ, अहिले कुनै पार्टीसँग एकीकरण गर्ने कुनै सम्भावना नै छैन,’ खनालले सञ्चारकर्मीसँग भने, ‘तर, साझा सबालमा मिलेर जाने सबालमा हाम्रो पार्टी तयार छ ,अब नवौँ पटकमा पुर्णता पाउला भन्ने अपेक्षा गरौँ’ उनले भने।

पुर्व प्रधानमन्त्रीसमेत रहेका खनालले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार आठौँ पटक विस्तार हुदाँ पनि पुर्णता पाउन नसकेकोमा चिन्ता ब्यक्त गरे । 
 

Logo