तनहुँमा सर्वेन्द्र खनालले पनि मतदान गर्न नपाउने

तनहुँमा सर्वेन्द्र खनालले पनि मतदान गर्न नपाउने

केन्द्रबिन्दु
0
Shares

तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचनको मतदान जारी छ । तर, मुख्य प्रतिस्पर्धामा रहेका नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्ले नै आफूलाई मतदान गर्न नपाउने भएका छन् । 

तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले उनीहरुले मतदान गर्न नपाउने भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्ने बताइएको छ ।  

गत २०७९ मंसिर ४ को निर्वाचनमा विजयी कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो ।

Skip This
Skip This
Logo