चितवन- २ मा ४७ प्रतिशत मत खस्यो

चितवन- २ मा ४७ प्रतिशत मत खस्यो

केन्द्रबिन्दु
0
Shares

चितवन निर्वाचन क्षेत्र नम्बर- २ मा जारी प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा ४७ प्रतिशत  मत खसेको छ। एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेकाे यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ ।

मुख्य प्रतिस्पर्धामा रास्वपाबाट रवि लामिछानेसहित नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने छन्। तर, उम्मेदवार लामिछाने र न्यौपानेले भने सो क्षेत्रमा आफूलाई मतदान गर्न पाउने छैनन् ।

लामिछानेको मतदाता नामावली काठमाडौँमा रहेको र न्यौपानेको मतदाता नामावली चितवन क्षेत्र नम्बर ३ मा रहेकाले मत हाल्न नपाउने भएका हुन् । 
मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताबिच विरोध हुँदा अपरान्ह १२ बजेदेखि वडा –११ नयाँकिरण मावि स्थलमा मतदान प्रकिया राेकिएकाे छ।  निर्वाचन अधिकृतको कार्यालयका अनसुसार दिउँसो २ बजेसम्म ४७ प्रशित मत खसेको छ । 

Skip This
Skip This
Logo