तनहुँमा स्वर्णिमलाई दोब्बरभन्दा बढी मतको अग्रता

तनहुँमा स्वर्णिमलाई दोब्बरभन्दा बढी मतको अग्रता

केन्द्रबिन्दु
0
Shares

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले २ हजार ७६५ मत प्राप्त गरेका छन्। 

नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा १२८५ मत प्राप्त गरेका छन्। भट्टराईलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत समर्थन रहेको छ। 

यस्तै एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८२० मत पाउँदै तेस्रो स्थानमा रहेका छन्। अन्य उम्मेदवारले भने २० मत पनि कटाउन सकेका छैनन्। गए रातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ।  

Skip This
Skip This
Logo