तनहुँमा स्वर्णिमलाई दोब्बरभन्दा बढी मतको अग्रता

तनहुँमा स्वर्णिमलाई दोब्बरभन्दा बढी मतको अग्रता

केन्द्रबिन्दु
0
Shares

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले ५हजार १९ मत प्राप्त गरेका छन्। 

उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले २३५१ मत प्राप्त गरेका छन् ।  भट्टराईलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत समर्थन रहेको छ। एमाले उम्मेदवार सर्वेन्द्र खनालले १५४९ मत पाएका छन् ।

आयोगका अनुसार अहिलेसम्म भानु नगरपालिका वडा नम्बर ७, ८ र १०, आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ र २ को मतगणना गर्ने काम सकिएको छ । अन्य क्षेत्रको मतगणना जारी  रहेकाे छ ।

Skip This
Skip This
Logo