तनहुँ-१ उपनिर्वाचन अपडेट: कुन वडामा कसलाई कति मत ? (वडागत विवरण)

तनहुँ-१ उपनिर्वाचन अपडेट: कुन वडामा कसलाई कति मत ? (वडागत विवरण)

केन्द्रबिन्दु
0
Shares

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ ।  

कुल  सबै वडामा खसेको मत ६३ हजार ७५७ मध्ये  भानु-१० मा कुल १ हजार ७सय ५८मत खसेकाे थियाे । जसमा रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले ८४६ मत प्राप्त भएका छन् । उनका  प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले ५५१ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमाले उम्मेदवार सर्वेन्द्र खनालले ३२९ मत प्राप्त गरेका छन् । ऑबु-१ मा कुल  १ हजार ४ सय ५८मत खसेका छन् । जसमा रास्वपा वाग्लेले  १०६५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका  भट्टराईले  २७६ र   एमाले उम्मेदवार सर्वेन्द्र खनाल ५४ मत प्राप्त गरेका छन् ।  भानु-८ मा १ हजार ७ सय ९४ मत खसेका छन् । जसमा 

वाग्ले ८५६ मत   भट्टराईले  ४५८ र खनालले  ४३७ मत प्राप्त गरेका छन् । भानु-७ मा कुल १ हजार २ सय ८१ खसेकाे मत मध्ये वाग्लेले  ६५५, भट्टराई ३१२ र  खनालले  २७० मत प्राप्त गरेका छन् ।  भानु-३मा कुल १ हजार ५ सय ७४ खसेकाे मत मध्ये

वाग्लेले  ७१६, भट्टराईले  ४१८ र  खनालले  ३५१ मत प्राप्त गरेका छन् ।  त्यस्तै ६ वडामा कुल ९ हजार २ सय ५७ मत खसेका छन् । जसमा  स्वर्णिम वाग्लेले  ५०१९  भट्टराईले २३५१ र खनालले १५४९ मत पाएका छन् । 

Logo