चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।
सार्वजनिक पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार लामिछानेले १ हजार ४९२ मत पाएका छन्, तर नेकपा (एमाले)ले मतान्तर भने ह्वात्तै घटाएको छ । एमालेका रामप्रसाद न्यौपानेले १ हजार १३३ मत पाएका छन् । साथै नेपाली कांग्रेसका जीतनाराण श्रेष्ठले ७९५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।
हाल इच्छाकामना गाउँपालिकाको मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।





























प्रतिक्रिया