बारा -२ मा उपेन्द्र यादवले बढाए अग्रता, रमेश खरेल चौथो

बारा -२ मा उपेन्द्र यादवले बढाए अग्रता, रमेश खरेल चौथो

केन्द्रबिन्दु
0
Shares

बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज दिउँसोदेखि जारी छ । 

पछिल्लो मतपरिणामअनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् । उनले २ हजार ६०० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । यादवलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले पछ्याइरहेका छन् । उनले २ हजार ६७ मत पाएका छन् । 

साथै  नेकपा एमालेका पुरुषोत्तम पौडेल ८६१ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३०३ मत ल्याएर चौथो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo