चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ५० हजार मत कटाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार रास्वपाका सभापतिसमेत रहेका लामिछानेले ५० हजार २९ मत पाएका छन् । उनले गत मंसिरको निर्वाचनभन्दा पनि बढी मत पाएका हुन् । त्यतिबेला लामिछानेले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका थिए ।
साथै नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६५ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत प्राप्त गरेका छन् । चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत ८ हजार मात्र छ।





























प्रतिक्रिया