बारा -२ मा उपेन्द्र यादवसँग कुशवाहाले घटाए मतान्तर

बारा -२ मा उपेन्द्र यादवसँग कुशवाहाले घटाए मतान्तर

केन्द्रबिन्दु
0
Shares

बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह भन्दा ३ हजार ३५० मतका साथ लिड गरिरहेका छन् । यादवले १८ हजार ८०८ मत पाउँदा कुशवाहाले १५ हजार ४५८ मत पाएका छन् । यसअघि उपेन्द्र यादव कुशवाहा भन्दा ५ हजार १३ मतले अगाडि थिए। उनी मतान्तर घटाउँदै गएका छन् ।  

यस्तै, तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ५ हजार ५६३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार २६८ मत र आमजनता पार्टीका उम्मेदवार अरूण ज्ञवालीले २ हजार १० मत पाएका छन् । 

Skip This
Skip This
Logo