के हुन् प्रधानमन्त्री ओलीले प्रयोग गरेका ३ कार्डहरु (भिडियोसहित)

के हुन् प्रधानमन्त्री ओलीले प्रयोग गरेका ३ कार्डहरु (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

झण्डै एक महिना अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचिवालय र स्थायी कमिटीका बुहमत सदस्यले प्रधानमन्त्री पदबाट राजीनामा माग गरे । त्यसपछि पार्टीभित्रका दुई वटा कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीको कुर्सी धर्मराएको थियो ।

तर, सर्वत्र कमजोर देखिएका ओली यतिबेला फेरि शक्तिशाली बनेका छन् । पार्टी कमिटीभित्र देखिएको ओलीविरुद्धको माहोल अब मत्थर भएको छ । न त उनले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्‍यो न पार्टी अध्यक्ष नै छोड्नु पर्‍यो ।  आखिर कसरी ओलीकै हात माथि पर्ने स्थिति आयो ? यसका पछाडि ओलीले खेलेका केही राजनीतिक कार्डको ठूलो भूमिका छ ।

ओलीलाई राजनीतिमा चतुर खेलाडी मानिन्छ । यसपटक उनको खेलेको अब्बलता झन् स्पष्ट भयो । आफूमाथि आइपरेको निकै ठूलो संकट उनले चतु¥याईपुर्वक टारिदिएका छन् । जसका कारणको उनको प्रधानमन्त्रीको कुर्सी त जोगिएकै छ, पार्टीभित्र पनि उनलाई बाइपास गरेर जान नसकिने मत प्रभावी बनेको छ ।

आफूमाथि आइपरेको संकट टार्न ओलीले तीन तीनवटा कार्ड खेले । के के हुन् ती कार्ड ?

 

Logo