नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रमस्थल बाहिर झडप भएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिकाले अध्यक्ष ओलीसँग आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशी राखिएको प्रति विरोध गरिरहेको समूहबीच झडप भएको हो । सो क्रममा प्रदर्शनकारीहरुको ढुंगा लागेर दुई प्रहरी पनि घाइते भएका छन् ।
सो घटनाबारे आजको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले सत्तापक्षभित्रै कार्यकर्ता घुसपैठ गरिएको भन्दै आपत्ति जनाएका थिए । प्रतिपक्षलाई जिस्क्याइएको उनको भनाई थियो । “एमालेको नेतृत्व एउटा कार्यक्रममा सहभागी हुन जाँदा जुन प्रकारले ढुंगामुढा गर्ने कोसिस गरिन्छ, अनेकन ढंगले कार्यक्रम भाँड्ने कोसिस गरिन्छ,” उनले भने, “सत्तापक्षकै कार्यकर्ता त्यसमा घुसपैठ गरिन्छ ।”
साे कार्यक्रममा अध्यक्ष ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका थिए । एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको उनले बताएका थिए ।































प्रतिक्रिया