माओवादी कम्युनिष्ट नेपालका महासचिव रामनारायण पालले किसानलाई पहिचान कार्डको व्यवस्था गर्नु पर्नेमा जोड दिएका छन् ।
बुधवार राजधानीमा आयोजित किसानको माग सार्वजनिकीकरण तथा प्रशिक्षण कार्यक्रममा उनले किसानलाई राष्ट्रिय श्रमिक घोषणा गरि उनीहरुलाई पहिचना कार्डको व्यवस्था गर्नुे पर्नेमा जोड दिएका छन्।
उनले भने ‘ किसानलाई राष्ट्रिय श्रमिक घोषणा गर्नु पर्छ । किसानलाई पहिचान कार्ड को व्यबस्था गर्नु पर्छ । पहिचान कार्ड भयो भने अरुले लुटन सक्दैन। ’ वर्तमान अवस्थामा किसान अपहेलित र समस्यामा रहेको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।
राजनीतिक दलले राज्यको पैसा व्यक्तिगत फाईदाको लागि दुरुपयोग गरिरहेको उनको दावी छ । उनले हिजो निर्यात हुने सामान आज आयात गर्नु पर्ने अवस्था सृजना हुनु दुःखद भएको बताए । महासचिव पालले कतारको मरुभूमिमा समृद्धि हुन सक्ने तर नेपाल हरेक जल जमिन र जलस्रोतले धनी हुँदा पनि पछाडि परेको टिप्पणी गरे ।
कार्यक्रममा आत्मनिर्भर नेपाल निर्माण हाम्रो अभियान किसान जन स्वयमसेवक राष्ट्रिय समितिका अध्यक्ष नारायण धिमालले सरकारलाई माग पूरा गरेन भने देश भरिका ६६ प्रतिशत किसान एक भएर अव सडकमा आउने चेतावनी दिए ।





























प्रतिक्रिया