नेपाल र बेलायत सम्बन्धमा नयाँ आयाम थपिएको छः परराष्ट्र सचिव पौड्याल

नेपाल र बेलायत सम्बन्धमा नयाँ आयाम थपिएको छः परराष्ट्र सचिव पौड्याल

केन्द्रबिन्दु
0
Shares

परराष्ट्र सचिव भरतराज पौड्यालले विगत १०० वर्षमा नेपाल–बेलायत सम्बन्धको विकासका लागि जग प्रदान गरेको बताएका छन् । 

लण्डनस्थित नेपाली राजदूतावास र बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयले ब्रिटिस लाइब्रेरीसँगको सहकार्यमा मङ्गलबार साँझ आयोजना गरिएको प्रदर्शनी तथा स्वागत समारोहमा सन् १९२३ को मैत्री सन्धिपछि ब्रिटिश गोर्खा तथा दुई देशको सम्बन्धको विकासमा नयाँ आयाम थपिएको बताएका हुन् । उनले सन्धिपछि दुई देशबीचको सम्बन्ध विकास, साझेदारी, व्यापार र लगानी, पर्यटनमा पनि उल्लेख्य काम भएको भनाइ राखे ।

उनले पारस्परिक हितका एजेन्डामा बहुपक्षीय मञ्चमा हुने सहकार्य विस्तार भएको भन्दै नेपालको ऐतिहासिक पाण्डुलिपि, फोटो, मोनोग्राफ र अन्य बहुमूल्य सामग्रीको संरक्षण, संरक्षण र डिजिटलाइजेशनमा ब्रिटिश पुस्तकालयले गरेको सहयोगको प्रशंसा गरेकाे लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाल-बेलायत सम्बन्धको १००औँ वर्षको अवसरमा नेपाल–युनाइटेड किङ्गडममैत्री सन्धि कार्यक्रममा नेपाल–बेलायत सम्बन्धसँग सम्बन्धित ऐतिहासिक दस्तावेज, पाण्डुलिपि, तस्बिर, फोटो सङ्कलन र अन्य ऐतिहासिक सामग्री प्रदर्शनमा राखिएको थियो ।

संयुक्त अधिराज्यको विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा राज्यमन्त्री रहेका एनी–मारी ट्रेभल्यानले नेपाल र बेलायतबीच लामो समयदेखि रहेको सौहार्दपूर्ण र पारस्परिक लाभकारी सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाइने बताए । 

समारोहमा बेलायतका लागि नेपालका राजदूत महामहिम ज्ञानचन्द्र आचार्य र ब्रिटिस पुस्तकालयका सङ्ग्रह विभागका प्रमुख जेरक्सेज माज्दाले नेपाल–बेलायत सम्बन्धको महत्व र बेलायती पुस्तकालय र नेपाली संस्थाबीचको सहकार्य विस्तारको बारेमा कुरा गरेकाे नेपाली दूतावासले उल्लेख गरेको छ ।

Skip This
Skip This
Logo