फ्री भिसा फ्री टिकट नाम मात्रै भयो : श्रममन्त्री भण्डारी

फ्री भिसा फ्री टिकट नाम मात्रै भयो : श्रममन्त्री भण्डारी

केन्द्रबिन्दु
0
Shares

वैदेशिक रोजगारीमा जाने कामदारका लागि निःशुल्क भिसा र निःशुल्क टिकट नीति व्यावहारिक नभएको नवनियुक्त श्रममन्त्री शरतसिंह भण्डारीले बताए । निःशुल्क भिसा र टिकटका नाममा कामदार ठगिन थालेको भन्दै नीतिमाथि नै पुनर्विचार गर्नुपर्ने मन्त्री भण्डारीले बताए ।

१० हजारको रसिद देखाएर लाखाैँ रकम श्रमिकबाट म्यानपावर कम्पनीले लुटिरहेको भन्दै उनले निश्चित रकम तोक्नु उपयुक्त हुने बताए । उनले भने ‘फ्री भिसा फ्री टिकट नाम मात्रै भयो, कार्यान्वयनमा चुनौती भयो।’ सरकारले सेवा शुल्कबापत १० हजार तोकेपनि म्यानपावर व्यवसायीले लाखौँ उठाएको गुनासो आएको उनको भनाइ छ ।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई आर्थिक भार भएको भन्दै फ्री भिसा फ्री टिकटको व्यवस्था लागू गरेको हो । 

Skip This
Skip This
Logo