‘अयोग्य, लडाकू र भत्ता’ जस्ता बिषयमा राजनीति नगरौं : विष्णु रिमाल

‘अयोग्य, लडाकू र भत्ता’ जस्ता बिषयमा राजनीति नगरौं : विष्णु रिमाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला ‘अयोग्य, लडाकु र भत्ता’जस्ता विषयमा राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग आग्रह गरेका छन् ।

जनता नुन किन्न  नसकिरहेकाे अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने आन्तरिक वस्त्रको समेत बिक्रि घटेको बेला लडाकु र भत्तामा राजनीति गर्न नहुने बताए। रिमालले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् , “यस्तै निर्णय गर्ने हो र ? द्वन्द्वबाट भविष्य बर्बाद पारिएका युवा–स्वाभीमानलाई अझै नचिमोटौं । मानवीय संवेदनासँग नखेलौं, लेख्छन्, ८० अर्ब निर्माण सम्पन्न भएका परियोजनाको भुक्तानी बाँकी छ । ५ अर्ब शिक्षकको पेन्सन बापतको भुक्तानी बाँकी छ ।” 

रिमालले १० अर्ब निजामति कर्मचारीको पेन्सन भुक्तानीमा अपुग रहेको, ५ अर्ब सामाजिक सुरक्षा भत्ताको भुक्तानी बाँकी रहेको तथा २० अर्ब राज्यले तिर्नुपर्ने ऋणको साँवा/व्याज भुक्तानी बाँकी रहेको स्मरण गराएका छन् । 

अनिवार्य दायित्वभित्रको कूल १ खर्ब २० अर्ब भुक्तानी बाँकी रहेको भन्दै उनले शान्ति प्रकृयाको क्रममा ‘अयोग्य’  भनिएकाहरूलाई केही राहत दिइएको पनि स्पष्ट पारेका छन् । 

 

Skip This
Skip This
Logo