राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई दिएको सर्मथन फिर्ता लिने संकेत गरेका छन् ।
पाँच महिनामा दोस्रो पटक सांसद पदको शपथ लिएपछि संसद सचिवालयमा पत्रकारसंग सभापति लामिछानेले यो सरकारका गतिविधिलाई हेर्दा समर्थन गर्न सकिने स्थिति नरहेको टिप्पणी गरेका हुन् । तर अब पार्टी केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक राखेर ठोस निर्णय गर्ने उनको भनाई छ ।
उनले भने, ‘अहिले सरकारमा जाने वातावरण छैन। समर्थनबारेमा हामी तत्कालै केन्द्रीय समिति र संसदीय दलको बैठकबाट निर्णय लिन्छौँ ।’
उपनिर्वाचनका क्रममा हेलिकोप्टर नै प्रयोग गरेर जनतालाई बाँडिएका आश्वासनलगायतका विषयले पनि सरकारलाई सर्मथन गर्न सकिने अवस्था नरहेको सभापति लामिछानेको भनाई छ ।





























प्रतिक्रिया