अर्थतन्त्रको विषयमा राज्यले ओरालो लाग्ने हर्कतहरु गर्दैछः विष्णु रिमाल

अर्थतन्त्रको विषयमा राज्यले ओरालो लाग्ने हर्कतहरु गर्दैछः विष्णु रिमाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राज्यले अर्थतन्त्रको विषयमा ओरालो लाग्ने हर्कतहरु गरेको आरोप लगाएका छन् । 

शुक्रबार काठमाडौंमा नेकपा (एमाले)ले आयोजना गरेको देशको शान्ति सुरक्षाको अवस्था विषयक पत्रकार सम्मेलनमा उपमहासचिव रिमालले अर्थतन्त्रको सवालमा देश उल्टो बाटो हिँडिरहेको दावी गरेका हुन् । 

उनले भने, ‘एउटा शीर्ष नेताले ठूला दलका नेतालाई अनावश्यक ढंगले अवरोध सिर्जना गर्ने, संविधानले दिएको हकलाई कुण्ठित गर्ने, भयको आतंक सिर्जना गर्ने गरेको छ । राजनीतिक अस्थिरता त एउटा विन्दुमा गएर फर्काउन सकिएला तर मुलुकको अर्थतन्त्र अझै ओरालो लाग्ने किसिमले हर्कतहरु भईरहेका छन्  । राज्य यस मामिलामा उल्टो बाटो हिडिरहेको छ । १ अर्ब २० खर्ब भन्दा बढि भुक्तानी गर्नै बाँकी छ ।’ 

पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयासविरुद्ध राज्यले केही गर्न नसकेको पनि उनको गुनासो छ । 

Logo