पूर्व शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्र निमार्णको लागि पहिलो काम शिक्षा क्षेत्रको सुधार भएको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुनको साताैँ केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व शिक्षामन्त्री पौडेलले शिक्षाविना देश सुधार सम्भव नभएको बताएका हुन् । उनले शिक्षा क्षेत्रको सुधारको लागि प्रधानमन्त्री र अर्थमन्त्रीलाई खबरदारी गर्नुपर्ने बताए ।
उनले भने, ‘राष्ट्र निमार्णको लागि पहिलो काम भनेको शिक्षा हो । बाटो भौतिक सुधार हो, तर जबसम्म मानिसको मानसिक चेत र सक्षम जनशक्ति निमार्ण गर्ने स्थान सुध्रिदैन् । देशले प्रगति गर्न सक्दैन् । पहिलो शिक्षाको सुधार हो । लगानीकर्ताको आकर्षण कम हुदैँ गए शिक्षालाई सुधार गर्न सक्दैनौँ । हामी एकअर्कालाई गाली गर्ने हो भने पनि सुधार हुदैँन् । शिक्षा सुधारको लागि प्रधानमन्त्री, अर्थमन्त्रीलाई खबरदारी गर्नुपर्छ । ’
माओवादी केन्द्रका सचिव पौडेलले शिक्षा सुधारको लागि पैसा छैन् भन्दा सुधार गर्नसक्ने काम पनि रोकिएको भन्दै नीति कार्यक्रममा शिक्षा सुधारको विषय ल्याउनु आवश्यक भएको बताए ।
उनले देशको युवा देशमा भविष्य नदेखेर विदेश जाने प्रवृत्ति बढ्दै गएको भन्दै देश प्रेमको भावना, देश निमार्ण गर्ने र अनुशासित बनाउने काम विद्यालयको भएको बताए ।





























प्रतिक्रिया