रास्वपा संसदीय दलकाे नेताबाट अर्यालले दिए राजीनामा

रास्वपा संसदीय दलकाे नेताबाट अर्यालले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्यालले राजीनामा दिएका छन्।  शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन्।

राजीनामा बुझाएसँगै स्वीकृत गर्ने प्रक्रियामा छ । अहिले उपनेता श्रेष्ठले उक्त जिम्मेवारी सम्हालेका छन्।  यस्तै, पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्दैछन् । संसदीय दलको बैठक सोमबार बस्ने तयारी छ। बैठकले लामिछानेलाई दलको नेता चयन गर्नेछ।

 

Logo