नेपालमा शिक्षा गुणस्तरीय छैन भन्ने सन्देश विश्वमा गयोः सांसद पौडेल

नेपालमा शिक्षा गुणस्तरीय छैन भन्ने सन्देश विश्वमा गयोः सांसद पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली काँंग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य प्रष्ट नरहेको बताएका छन् ।

आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे आयोजित अन्तर्क्रिया  कार्यक्रममा सांसद पौडेलले संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य प्रष्ट पार्न नसकेको धारणा राखे । ‘नेपालमा शिक्षाको उद्देश्य प्रष्ट छैन। संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य प्रष्ट पार्न सक्दैन, विश्वविद्यालयले क्याम्पसहरूलाई सम्बन्धन दिने काम मात्रै गरिरहेको छ,तर त्यसलाई व्यवस्थित ढंगबाट चलाउनेतिर सोचेको छैन ।’ उनले भने । 

सांसद पौडेलले निजी क्षेत्रमा राम्रो शिक्षा प्रदान हुन्छ भन्ने आम धारणा रहेपनि अहिले निजीको शैक्षिक स्तर पनि खस्किँदै गएको टिप्पणी गरे । उनले नेपालको शिक्षा  शिक्षा गुणस्तरीय छैन भन्ने सन्देश विश्वमा फैलिरहेको भन्दै सचेत पनि गराए । 

Skip This
Skip This
Logo