उपराष्ट्रपति रामसहाय प्रसाद यादवले स्वस्थ्य क्षेत्रमा सरकारले गरेको प्रयत्नमा गैरसरकारी संस्थाहरुको हातेमालो आवश्यक भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित मानसिक स्वास्थ तथा परामर्श केन्द्रको २०औं बार्षिकोत्सव कार्यक्रममा उनले हरेक नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु-याउन आजको आवश्यकता भएको बताएका हुन् ।
उनले भने, ‘हरेक नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु-याउन आजको आवश्यकता हो । यसको लागि नेपाल सरकारको योजना बमोजिम सरकारको प्रयत्नमा गैरसरकारी क्षेत्रको हातेमालो महत्वपूर्ण रहेको छ ।’
उपराष्ट्रपति यादवले राष्ट्र निर्माणमा नागरिकहरुको सामुहिक प्रत्यत्नबाट मात्रै सहज हुने बताए । समाजले मानसिक व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने विश्वास लिएको उनको भनाइ छ । उनले देशका दुर्गम क्षेत्रमा बस्ने र राज्यको सेवा सुविधामा कम पहुँच भएको नागरिकका निम्ति प्राथमिकताकासाथ सेवा प्रदान गर्नु पर्नेमा जोड दिए ।





























प्रतिक्रिया