महावीर पुन र सरकारबीच रक्षा मन्त्रालयमा वार्ता सुरु

महावीर पुन र सरकारबीच रक्षा मन्त्रालयमा वार्ता सुरु

केन्द्रबिन्दु
0
Shares

सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता सुरु भएको छ । 

विभिन्न माग राखेर आन्दोलन गरिरहेका पुन र सरकारका प्रतिनिधिबीच रक्षा मन्त्रालयमा वार्ता सुरु भएको रक्षामन्त्रीको सचिवालयले जनाएको छ । 

सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र मुख्य सचिव शंकरदास वैरागीलगायत वार्तामा सहभागि छन् भने आविस्कार केन्द्रको तर्फबाट पुनले वार्ता टोलीको नेतृत्व गरिरहेका छन् । 

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै विभिन्न चार बुँदे मागसहित गत शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् ।

Skip This
Skip This
Logo