सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा शुभकामना ब्यक्त गरेकी छन् । उनले सूचना प्रविधि अब मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय माध्यमको रूपमा स्थापित हुन पुगेको जनाएकी छन् ।
यस्तै सूचना तथा प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि सम्भव भएको बताएकी छन् । आज छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा उनले दिएको शुभकामना सन्देश मार्फत यस्तो बताएकी हुन् ।
सुरक्षित सूचना प्रविधि: सुशासन र समृद्धि भन्ने मूल नाराका साथ मनाउन थालिएको यस दिवसको अवसरमा उनले सञ्चार तथा सूचना प्रविधिको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गर्नुहुने सबैमा धन्यवाद ज्ञापन समेत ब्यक्त गरेकी छन् ।
प्रतिक्रिया