मोरङको कानेपोखरी गाउँपालिमा एमालेका ३०० जनाले दिए राजीनामा

मोरङको कानेपोखरी गाउँपालिमा एमालेका ३०० जनाले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेका करिब ३०० संगठित सदस्यले राजीनामा दिएका छन्।

पालिकाको केन्द्र सार्ने विषयमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिले एकतर्फीरूपमा निर्णय लाद्न खोजेको भन्दै जिल्ला कमिटी सदस्य नविन पौडेलसहित ३०० जनाले राजीनामा दिएका हुन्।

वडा नं. ६ मा रहेको पालिकाको केन्द्र वडा नं. ५ मा सार्न खोजेपछि विवाद भएको हो। पौडेलले गाउँपालिका भवन सार्ने विषयमा एकलौटी निर्णय गरेको भन्दै आफूहरूले राजीनामा दिएको बताए।

‘पालिका सार्नुपर्छ भने पार्टी कमिटीमा छलफल हुनुपर्छ। त्यसको औचित्य पुष्टि गर्नुपर्छ’, उनले भने, ‘तर छलफल नै नगरी एकतर्फी रूपमा पालिका सार्न खोजिएको छ। त्यसमा विमति जनाउँदै हामीले राजीनामा दिएका हौँ।’

Logo