वर्तमान सरकारले देशलाई बर्बादीतर्फ लगेको ईश्वर पोखरेलको आरोप

वर्तमान सरकारले देशलाई बर्बादीतर्फ लगेको ईश्वर पोखरेलको आरोप

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकारले देशलाई वर्वादीको दिशा तर्फ लगेको आरोप लगाएका छन् । 

काठमाडौंमा आयोजित मिशन ग्रासरुट अभियान अन्तर्गत सम्मान एवंं प्रशिक्षण कार्यक्रम वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले जनतालाई सेवा दिने हिसाबको कुनै काम नगरेको आरोप पनि लगाए । उनले देशलाई यस्तो अवस्थाबाट बाहिर ल्याउन एमाले शक्तिशाली हुनु आवश्यक भएको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मिसन ग्रासरुट भनेको मिसन ८४ भएको भन्दै अब आउने चुनावमा एमाले एक्लैले बहुमत ल्याउने उद्देश्यका साथ अगाडि बढ्नु पर्ने बताए । 

उनले भने, ‘सरकार देश वर्वादीको दिशामा गएको छ । सरकारले जनतालाई सेवा दिने कुनै काम नगरेको अवस्थामा हामी छौँ । यो अवस्थालाई परिवर्तन गर्नको लागि पनि एमाले शक्तिशाली हुनु आवश्यक छ । युवाहरुको आवश्यकता छ । नयाँ ढङ्गले अगाडि बढ्छौँ । यो मिसन ग्रासरुट भनेको मिसन ८४ त्यो भनेको अब आउने चुनावमा एमाले एक्लैले बहुमत ल्याउने उद्देश्यका साथ हामी अगाडि बढ्नु पर्छ ।’ 

वरिष्ठ उपाध्यक्ष पोखरेलले गलत व्यवहार र प्रतिगमनकारी घेरालाई ताड्दै एमाले अगाडि बढि रहेको दावी गरे । उनले राजनीतिक स्तायित्वको, आर्थिक र समृद्धिको विकास, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षा, सामाजिक सद्भाव र देश बनाउने सपना एमालेले मात्र पूरा गर्न सक्ने पनि उनको भनाइ थियो । 

Logo